वलिउड अभिनेता विनोद खन्नाको निधन



काठमाडौ (नेस) ।

बलिउड अभिनेता विनोद खन्नाको बिहिबार ७० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो पटक बलिउडबाट गतिलो चर्चा बटुल्न सफल खन्ना क्यानसरबाट पीडित थिए ।

उनी पञ्जाबको गुरदासपुरबाट विजेपीको सांसद पनि रहेका थिए ।

डेढ महिनादेखि उनी गिरगाउँको एनएन रिलायंस फाउन्डेसन एण्ड रिसर्च सेन्टरमा उपचार गरिरहेका थिए ।

बलिउडमा उनले १४० वटाभन्दाबढी चलचित्र खेलेका छन् ।

उनको अन्तिम चलचित्र दिलवाले हो जुन चलचित्रले राम्रै चर्चा बटुल्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्