चितुवाको छालासहित एक जना पक्राउ



विनोद सिंह विष्ट, बैतडी
सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समुहले डडेल्धुरावाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका घर भई हाल डडेल्धुरा अमरगढी नगरपालिका ६ चिमरे बस्दै आएका ६० बर्षिया करिबर दत्त भट्टराई रहेका छन ।

भट्टराई चितुवाको छाला बिक्रीका लागी हिडीरहेका भनी गोप्य सुचनाका आधारमा बुधवार राती ११ बजे डडेल्धुरा अमरगढी नगरपालिका ७ पोखराबाट पक्राउ गरेको हो ।

सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक केशब जोशीको निर्देशनमा खटेको प्रहरी टोलीले पक्राउ परेका भट्टराई साथवाट करिब ८फिट ईन्च लम्वाई र २ फिट चौडाई भएको चितुवाको छाला बरामद गरेको हो ।

चितुवाको छालासहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मार्फत जिल्ला बन कार्यालय डडेल्धुरालाई बुझाईने जोशीले जानाएका छन् ।

भट्टराईले २ बर्ष अगाडी स्थानिय जंगलमा गोली लागी मृत अवस्थामा फेला परेको चितुवाको छाला घरमा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि वैशाख ६ गते पनि सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त टोलीले बैतडीको शिवनाथ गाउँपालिका ६ का ३३ बर्षीय महेशसिंह सुतारलाई चितुवाको छाला सहित बैतडीको पाटनवाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्