विद्युत कटौतीले खोप सेवा प्रभावित



विनोद सिंह विष्ट,बैतडी ।

अनियमित विद्युत कटौतीले बैतडीको दोगडाकेदार ३ श्रीकोटमा रहेको स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित हुने गरेको छ ।

श्रीकोट स्वास्थ्य चौकीका ईन्चार्ज बीर सिंह भाटका अनुसार भ्याक्सीनहरु २४ सै घण्टा राख्न चिसोमा राख्नुपर्ने भएपनि अनियमित विद्युत कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा रहेको फ्रीज पुरानो भईसकेको र त्यसैमा विद्युत अनियमित हुदा समस्या भएको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयलाई नयाँ फ्रीजको लागी अनुरोध गरेको र केही समयपछी नयाँ फ्रीज आउने स्वास्थ्य चौकीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीकोे लापरवाहीका कारण श्रीकोट लगायत जिल्ला अन्य ठाँउमा पनि विद्युत अनियमित कटौती हुने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

श्रीकोट स्वास्थ्य चौकीमा सेवा लिन दोगडाकेदार गाउँपालिकाका श्रीकोट ,देउलेक ,न्वाली ,श्रीकेदार , सुर्नया गाउँपालिको हटैराज लगायत क्षेत्रका स्थानिय बासिन्दा आउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्