फेसबुक लाइभमा छोरीको हत्यापछि आत्महत्या



बैंकक, (एजेन्सी)
एक जना थाई पुरुषले फेसबुक लाइभमा आफ्नी छोरीलाई मारेपछि आफूले पनि आत्महत्या गरेको भिडियो खिचेको थाई प्रहरीले मंगलबार जनाएको छ। ती २१ वर्षीया पुरुषले सोमबार फुकेटस्थित एउटा सुनसान होटेलमा आफ्नी छोरीलाई झुण्ड्याएर मारेपछि आफू पनि झुण्डिएर मरेका थिए।

आफ्नी पत्नीसँगको झगडापछि उनले यस्तो डरलाग्दो कदम उठाएको बताइएको छ। फेसबुकले उक्त दुखद घटनालाई लिएर सम्बन्धित परिवारलाई समवेदना पठाउँदै फेसबुकबाट यस सामग्री हटाएको छ। अमेरिकामा पनि यसरी नै फेसबुक मार्फत भएको लाइभ हत्याको भिडियो हटाइएको घण्टौंसम्म पनि रहिरहेकाले फेसबुक कम्पनीले यस पछिल्लो फुटेजको प्रक्रियामाथि पुनरावलोकन गर्न आह्वान गरेको छ।

उक्त अप्रिय घटनाको फुटेज देखेपछि ती थाई पुरुषका आफन्तजनले प्रहरीलाई खबर गरेका थिए। तर सम्बन्धित निकायका मानिसहरु समयमै आएर उनी र उनकी छोरीको ज्यान जोगाउन असफल भएको बताइएको छ। फुटेजमा ती व्यक्तिले आफ्नी छोरीको घाँटीमा पासो बाँध्दै गरेको र त्यसपछि उनलाई छानाबाट झारेको र पछि उनले नै छोरीको लाश लिँदै गरेको देखिन्छ।

यस फेसबुक लाइभ पोस्टलाई थाई सञ्चारमाध्यमले व्यापक प्रचार प्रसार गरेपछि सामाजिक सञ्जालमा भाइरल हुन पुगेको बीबीसी थाई सम्पादक नोप्पोर्न ओंग अनानले बताएका छन्। एउटा विज्ञप्ति जारी गर्दै फेसबुकका प्रवक्ताले भनेका छन्– ‘यो निकै दर्दनाक घटना हो। पीडित परिवारप्रति हामी समवेदना प्रकट गर्दछौं। फेसबुकमा कुनै पनि हालतमा यस्तो सामग्रीका लागि कुनै स्थान छैन। अहिले यसलाई हटाइ सकिएको छ।’

यो फुटेज अहिले पनि यु ट्युबको भिडियो सेयर वेबसाइटमा रहेको छ। यस सम्बन्धमा कम्पनीले अझैसम्म कुनै टिप्पणी गरेको छैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने परिवारलाई समवेदना प्रकट गर्ने क्रममा आक्रोश व्यक्त गरेका छन्। मंगलबार ती मृत बालिकाकी आमाले आफ्नी छोरी र पतिको शव अस्पतालबाट बुझेकी छिन्।

यसअघि एक जना अमेरिकी युवकले फेसबुक लाइभमार्फत क्लिभल्यान्ड निवासी एक जना ७४ वर्षीय वृद्धको हत्या गरेका थिए। ती व्यक्तिले प्रहरीले पछइउन थालेपछि आत्महत्या गरेका थिए। उक्त हत्याको फुटेज दुई घण्टाभन्दा लामो समयसम्म अनलाइनमा रहेकाले फेसबुकका अध्यक्ष मार्क जुकर्वर्गले यस समस्याबारे धेरै कदम चालिनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्