तामाङ सांस्कृतिक महोत्सव सम्पन्न



ललितपुर(नेस)
तामाङ समुदायको संस्कृति, मौलिक जीवनशैलीको प्रर्वद्धन गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको बृहत तामाङ महोत्सव सम्पन्न भएको छ।

दक्षिण ललितपुर भेगका विशेषतः कोञ्जेसोम गाउँपालिकामा रहेका तामाङ हरूको मूर्त र अमूर्त संस्कृति प्रवद्र्धन गर्न सासंद् योगेन्द्र घिसिङको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत सो महोत्सव आयोजना गरिएको थियो।

समापन समारोहमा सांसद् घिसिङले महोत्सबले तामाङ जातिको भाषा, संस्कृति, लिपी र मौलिक जीवनशैलीको प्रर्वद्धन र प्रचारप्रसारबाट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सघाउने धारणा राख्नुभयो। सो महोत्सवका लागि सांसद् घिसिङको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १६ लाख विनियोजित गरिएको थियो।

महोत्सवमा हजारौ ललितपुरका ताम्बा, बोम्बो, गान्बा, खेलाडी, स्थानीय कलाकार देखि राष्ट्रिय स्तरका कलाकारहरूले विशेष प्रस्तुती प्रदर्शन गरेका थिए। त्यसैगरी महोत्सवमा चर्चित गायक जयनन्द लामा ,गायिका कुन्ती मोक्तान ,ईन्दिरा गोले, गायक आस्मान लोप्चन ,हास्यकलाकार बुद्धि तामाङ को प्रस्तुतिले महोत्सवमा थप रौनकता थपेको थियो।

नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्व सांसद् जितवीर लामा ,सङघीय समाजवादी फोरमका वरिष्ठ नेता एवं पूर्व सासंद वीरबहादुर लामा ,नेपाल तामाङ राष्ट्रिय महासंका केन्द्रीय महासचिब श्याम तामाङ ,नेपाली काङ्रेस ललितपुर क्षेत्र न १ का क्षेत्रीय सचिव सुन्दर तामाङ, नेकपा एमाले ललितपुरका जिल्ला सचिब कृष्णमान घिसिङ ,नेकपा माओवादीका युवा नेता भिमबहादुर लामा लगायतले संस्कृतिलाई अर्थतन्त्रसंग जोडेर तामाङ समुदायको आर्थिक विकास र दक्षिण ललितपुर भेगलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै आ आफ्नो धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्