एभरेष्टको बैंकको कुल कारोबार १९ प्रतिशतले वृद्धि



काठमाडौ(नेस)
एभरेष्ट बैंक लिमिटेडले २०७३ चैत्र मसान्तको तेस्रो त्रैमासिक वितीय विवरण उत्साहजनक रहेको जनाएको छ। प्रकाशित तेस्रो त्रैमासिकको वित्तीय विवरण हेर्दा बैंकले सो समयावधि भित्र, निक्षेप तथा ऋण प्रवाह रु. ९२८१ करोड र रु ७३५५ करोड रहेको छ। बैकंको वार्षिक वृद्धिदर क्रमशः १६ प्रतिशत र २४ प्रतिशत रहेको छ।

त्यसैगरी, बैंकको कुल कारोबार १९ प्रतिशत ले वृद्धि हुँदै रु. १६,६३६ करोड पुगेको छ। बैंकले मुलुकभित्र मात्र नभै विश्वव्यापी रूपमा नै व्यवसायिक वातावरणीय अवस्था खासै राम्रो नभएको बेलामा यो उपलब्धिपूर्ण सफलता प्राप्त गरेको बताइएको छ।

सो बैंकले हाल आफ्ना ६० वटा शाखाहरू, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा देश भरी रहेका आफ्ना ५०० व्यावसायिक प्रतिनिधी मार्फत्सेवाहरू प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्