हृदयाघातबाट असईको मृत्यु



गोरखा, (नेस)
जिल्लाको अजिरकोट गाउँपालिका सिम्जुङ बालुवाका प्रहरी चौकी इन्चार्ज असई हर्षबहादुर नेपालीको हृदयाघाटबाट मृत्यु भएको छ। पर्वत फलेबास घर भएका ४६ वर्ष नेपालीको बुधबार बिहान छ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बिहान दाँत माझ्दामाझ्दै बेहोस भएर ढलेका नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। पोस्टमार्टमका लागि उनको शव गोरखा अस्पतालमा ल्याइएको छ। पोस्टमार्टमपछि नेपालीको शव पर्वत पठाउने तयारी रहेको जिप्रका गोरखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्