ओभरलोड नै ओभरलोड



नेपाल समाचारपत्र, बाँके । ट्याक्टरले ‘ओभरलोड’ गरेर कच्चा पदार्थ ल्याउने गरेको छ । खोला तथा नदीजन्य पदार्थ बोक्ने ट्याक्टर सबै ओभरलोडमा रहने गरेका हुन् ।

नियमन फितलो हुँदा ट्याक्टरले ढालामाथि पटारा राखेर ओभरलोडमा कच्चा पदार्थ ल्याउने गरेका छन् । ओभरलोडलाई ट्राफिक नियमको उल्लंघन मानिन्छ । ओभरलोड गरेर बालुवा, मोरङ, गिट्टी ल्याउदा धेरै पैसा आउने भएकाले ट्याक्टर चालकहरु त्यसैमा लागेका छन् ।

बाँकेको खोलानालाबाट यतिबेला बालुवाको धमाधम ओसारपसार भइरहेको छ । विशेष गरेर राप्ती नदीबाट बालुवा निकासी भइरहेको छ । कागजपत्र नबोक्ने, नाबालकहरुसमेत सहयोगी राखेका ट्याक्टरले ओभरलोड सामान राखेर त्यसमाथि कामदारलाई बसाएको पाइन्छ । जसले बेलाबेलामा दुर्घटना निम्त्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्