शुल्क वृद्धिको विरुद्धमा बैद्य निकट विद्यार्थी



नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं नेकपा क्रान्तिकारी माओबादी निकट अखिल क्रान्तिकारीले निजी बिद्यालयहरुले अस्वभाविक शुल्क बृद्धि गरेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीले आज एक बिज्ञप्ती जारी गरी अभिभाबकको ढाड सेक्ने गरी मनोमानी शुल्क बृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । सात दिन भीत्र बिभिन्न बाहनामा लिईने शुल्क नघटाइए संगठनले ती बिद्यालयहरुलाई कारबाहीको दायरामा ल्याउने अखिल क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ,–‘सर्बोच्च अदालतको परमादेश बिपरीत जिल्ला शिक्षा कार्यालयले निजी बिद्यालयहरुलाई शुल्क बृद्धी गर्न सहयोग गरेको छ र निजी बिद्यालयले अदालतको परमादेश तोडेर ६० प्रतिशत सम्म शुल्क बृद्धि गरीएको पाईएको छ । सरकार र सरोकारवालाले यस बिषयमा चासो नदेखाए कडा संघर्षका कार्यक्रम सार्बजनीक गर्न बाध्य हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्