मुख्य चोकमा धरहरा



नेपाल समाचारपत्र, हेटांैडा । भूकम्पमा दिवंगत हुनेहरुको सम्झनामा हेटौंडाको वुद्धचोकमा धरहराको चित्र बनाएर दीप प्रज्ज्वलन गरिएको छ ।

जिल्ला दैवीप्रकोप उद्दार समिति मकवानपुर, आवास पुनर्लाभ पुनर्निर्माण मञ्च मकवानपुर, लियो क्लब अफ हेटौंडा, लियो क्लब अफ लर्ड बुद्ध र सामाजिक सञ्जाल फेसबुक समूहको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।

शिव सेना नेपाल मकवानपुरले पनि बुद्धचोकमा दीप प्रज्ज्वलन गरेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पमा परी दिवंगत हुनेहरुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो ।

कार्यक्रममा शिव सेना नेपाल मकवानपुरका प्रवक्ता शम्भुप्रसाद न्यौपानेले २०७२ वैशाख १२ गतेजस्तो दिन कसैले कहिल्यै भोग्नु नपरोस् भन्दै दिवंगत हुनेहरुप्रति श्रद्धाञ्जली दिए । कार्यक्रममा न्यौपानेले भूकम्पले पीडित बनेकालाई अझसम्म सरकारका तर्फबाट सोचेअनुरुप राहत व्यवस्था नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्