ताप्लेजुङमा नेपाल टेलिकमको सेवा अवरुद्ध



रविन भट्टराई,ताप्लेजुङ ।
बुधबार विहानै देखि ताप्लेजुङमा नेपाल टेलिकमका सबै मोवाईल, टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ ।

ल्याडलाईन, प्रिपेड तथा पोस्पेड र स्काई मोवाईल तथा एडिएसएल सेवा अबरुद्ध हुँदा लाखौँ सेवाग्राहि मर्कामा परेका छन् ।

मोवाईल र ल्याडलाईन अबरुद्ध हुँदा नेपाल टेलिकमसँग सम्पर्क गर्न नसकिएकाले अबरुद्धको कारण बारे जानकारी अझै हुन सकेको छैन । नेपाल टेलिकम बाहेक एनसेल मोवाईल र ईन्टरनेट सेवा प्रदायक सुबिसु भने सञ्चालनमानै रहेका छन् ।

यस अघि पनि ताप्लेजुङमा बारम्बार अबरुद्ध भएको नेपाल टेलिकमको सेवालाई सुधार नगर्दा स्थानीयबासी मारमा पर्ने गरेका छन् ।

सामान्य समस्याको पनि समयमा समाधान नगर्ने र टेलिकम कार्यालयमै गएर जिज्ञासा राख्दा समेत कार्यालय प्रमुखले जवाफ नदिने गरेको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्