निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन सकेन



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीका १० ओटै स्थानिय तहमा मंगलवारसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने भनिएपनि स्थापना हुन सकेनन् ।

सरकारले दुई चरणका स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेकाले निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय यसअघिनै स्थापना भएपनि अन्य ९ वटै तहमा निर्वाचन आयोगले गर्ने अर्काे निर्णयपछी मात्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

प्रदेश नम्वर १,२,५ र ७ नम्वर प्रदेशमा जेठ ३१ गते तथा ३,४र ६ नम्वर प्रदेशमा सरकारले वैशाख ३१ गते नै स्थानिय तहको निर्वाचन गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगको निर्देशन अनुसार वैशाख ३ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएअनुसार सदरमुकामस्थित जिल्ला अदालत बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

बैतडीका ४ नगरपालिका र ६ गााउँपालिकामा यसअघि नै आयोगले निर्वाचन अधिकृतको नाम तय गरिसकेको छ ।

दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृत तथा मुख्य मतदान अधिकृतको रुपमा बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीस धु्रबकुमार शाहलाई तोकेको छ ।

पाटन नगरपालिकामा मोहन अधिकारी,मेलौली नगरपालिकाका लागि डिल्लीराम बास्तोला , पुर्चौडी नगरपालिकामा शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।

यसैबिच दोगडाकेदार गाउँपालिकामा बासुदेव रिजाल, डिलाशैनी गाउँपालिकामा विष्णुप्रसाद ज्ञवाली,सुर्नया गाउँपालिकामा यमप्रसाद बास्कोटा ,सिगास गाउँपालिकामा रामकुमार थापा ,शिवनाथ गाउँपालिकामा तुलसीराम गैरे र पञ्चेश्वर गाउपालिकामा यमप्रसाद ढुङ्गानालाई मुख्य मतदान अधिकृतको जिम्मा दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्