आज आमाको मुख हेर्ने दिन,आमाप्रति सम्मान व्यक्त गरेर मनाइँदै



मनोज रेग्मी, काठमाडौ ।

आज बैशाख कृष्ण औँसी अर्थात आमाको मुख हेर्ने दिन सम्पुर्ण हिन्दु धर्मालम्विहरुले आफ्नो माताको मुख हेरि मनाउने गर्छन ।

तस्वीर -रवि महर्जन
आफ्ना सन्तानको जीवनमा कहिल्यै अन्धकार नआओस् भनेर जीवनभर समर्पित र सहनशील भएर खुशी र सफल जिवन चाहने माताको मुहारमा कुनै पीडा र दु:ख नपरोस भन्दै आमाको शुख र शान्तिको कामना गर्ने दिनलाई आमाको मुख हेर्न दिन भनिन्छ ।
आफ्ना मातालाई सदैब खुशी देख्न चाहाने र उहाँहरुको सेवालाई महान ठान्नेका लागि यो धर्म बिशेष मानिने गर्छ ।

आमाको मुख हेर्ने दिन टाढा -टाढाबाट आफ्ना मातापितालाई भेट्न जाने, खुशी पार्ने, दुख शुखका कुराकानी गर्ने लगाएतका कार्यहरु गरेर यो पर्वलाई मनाउने गरिन्छ । यति मात्र नभई आफ्ना आमालाई मिष्टान्न भोजन र उपाहार लगेर पनि खुशि बनाउने गरिन्छ ।

आजको  दिनलाइ विषेश मान्नेहरुले मन्दिरमा गएर पुजापाठ गर्ने बत्ति जलाउने काम पनि गर्ने गरेको पाइन्छ ।
आजको दिन सपुर्ण श्रद्धालुले आफ्ना मातालाई दिर्घायुको कामना गर्दै यो पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्