होटलमा भारु पाँच सय र दुई हजारका नोटको अवैध कारोबार



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका होटलहरूमा भारु नयाँ पाँच सय र दुई हजार दरका नोटको कारोबार भइरहेकोप्रति नेपाल राष्ट्र बैंकले चासो देखाएको छ। भारतले पुराना पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाउँदै हाल नयाँ पाँच सय र दुई हजार दरका नोट प्रयोगमा ल्याएको छ। त्यसका आधारमा नेपालका होटलमा भारतीय पर्यटक एवम् अन्य माध्यमबाट आएका नयाँ पाँच सय र दुई हजार दरका नोटको कारोबार अत्याधिक भएको भन्दै राष्ट्र बैंकले चासो देखाएको हो।

नेपालमा पाँच र हजार दरका भारु नोट २५ हजारसम्म बोक्ने अनुमति भारतले ती नोटमा प्रतिबन्ध लगाएसँगै खारेज भएको हुँदा हाल नयाँ पाँच सय र दुई हजार दरका नोटको नोटको कारोबार पनि अवैध भएको भन्दै व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ। नेपाल राष्ट्र बैंकका वैदेशिक मुद्रा विनिमय विभाग कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले नयाँ पाँच सय र दुई हजार दरका नोटको कारोबार अवैध भएको बताउनसभएको छ। मंगलबार होटल संघ नेपाल (हान) ले आयोजना गरेको अन्तक्र्रियामा सो धारणा राख्नु भएको हो। उहाँले होटलहरूमा भारु नोटको कारोबार हुन थालेको उल्लेख गर्दै अनुगमनका क्रममा फेला परे कारबाही हुने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्