१०१ वर्षमा स्वर्ण पदक



अकल्यान्ड, (एजेन्सी)
उमेर ५० नाघेपछि नै मान्छेमा बुढ्यौलीको लक्षण देखा पर्ने गर्छ। कोही सुन्ने कम कोही देख्ने कम कोही रोगी हुन्छन् भने कोही बुढ्यौलीले छोयो अब केही गर्न सक्दैन भनेर हरेस खान्छन्। तर भारतको चन्डीगढकी बूढी महिला धाविकाले विश्वलाई चकित गरेकी छिन्। १ सय १ वर्षको उमेरमा मन कौरले वल्र्ड मास्टर्स गेम्समा १ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्।

न्युजिल्यान्डको अकल्यान्ड सहरमा आयोजित सो दौड कौरले १.१४ मिनेटमा पूरा गरेकी थिइन्। २५ हजार प्रतिस्पर्धीले सहभागी जनाएको उक्त दौडमा १ सय वर्षभन्दा माथि कौर एक्ली धाविका थिइन्। न्युजिल्यान्डको मिडियामा चन्डीगढको आश्चर्य भनेको छ। दौड जितेपछि उनले बताइन्– ‘मलाई यो दौडमा खुबै मजा आएको छ। म यसमा ज्यादै खुसी छु। म आगामी दिनमा पनि दौडने जारी राख्नेछु। म अहिले नै रोकिनेवाला छैन। फुलस्टप आएको पनि छैन।

कौरले ९३ वर्षको उमेरमा दौडन शुरू गरेकी थिइन्। उनले आफ्नो छोरासँग संसारभर करिब एक दर्जन स्पर्धामा सहभागी जनाएकी छिन्। उनी आफ्नो पदक संख्या २० अंकमा पुर्याउन चाहन्छिन्।

प्रतिक्रिया दिनुहोस्