दलहरूको ध्यानाकर्षण



पाँचथर, (नेस)

स्थानीय तहको निर्वाचनमा दलहरुले बालबालिकालाई प्रयोग गर्न सक्ने सम्भावना औल्याउँदै पाँचथरमा क्रियाशील अधिकारकर्मी र सञ्चारकर्मीहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन्।

बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै निर्वाचन प्रयोजनका लागि बालबालिकालाई जुलुस, सभा–सम्मेलनमा प्रयोग नगर्न आग्रह गरिएको छ। अधिकारकर्मीहरुले बिद्यालयमा वा विद्यालय हाताभित्र आमसभा, प्रशिक्षण र सम्मेलन नगर्न, नगराउन दलहरुको ध्यानाकर्षण गराएका हुन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरका संयोजक लेखनाथ खतिवडाले भने– ‘जिल्लामा क्रियाशील सबै दलहरुलाई यस विषयमा ध्यानाकर्षण गराउनुका साथै जिल्ला बाल कल्याण समिति, मुख्य निर्वाचन अधिकृत जिल्ला शिक्षा कार्यालय महिला तथा बालबालिकालाई सोसम्बन्धी जानकारी गराइएको छ।’

अधिकारकर्मी र पत्रकार आबद्ध सञ्जालबाट निर्मित समितिले केही दिनमै पाँचथरमा रहेका सबै दलहरुलाई अन्तरक्रिया गरी प्रतिबद्धता व्यक्त गर्न लगाउने खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्