पाकिस्तानी दूतावासद्वारा विद्यार्थी पुरस्कृत



काठमाडौं, (नेस)
काठमाडौंस्थित पाकिस्तानी दूतावासले मंगलबार पाकिस्तानी राजदूत निबन्ध लेखन र वक्तित्वकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई अवार्ड तथा नगद पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ।

शिक्षामन्त्री धनीराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा निबन्ध लेखनमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः ३५ हजार, ३० हजार र २५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो। अर्का एक जना उत्कृष्ट विद्यार्थीलाई ५ हजार रुपियाँ नगद पनि प्रदान गरिएको थियो।

यसै गरी वक्तित्वकला प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेलाई क्रमशः ३५ हजार, ३० हजार,२५ हजार र १५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो। त्यस्तै अन्य १२ जना विद्यार्थीलाई जनही ५ हजार रुपियाँसमेत प्रदान गरिएको पाकिस्तानी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ। प्रतियोगितामा २ सय जना विद्यार्थीले भाग लिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्