जीप दुर्घटना हुदा ११ जना घाईते



ईन्द्र गिरी, सखुवासभा ।
संखुवासभाको पिलुवाखोलामा आज जीप दुर्घटना हुदा ११ जना घाईते भएका छन् । ग १ ज ५१९३ नम्बरको बोलेरो भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भिर घाईते भएका र अन्य ७ जना सामान्य घाईते भएका बताईएको छ ।

संखुवासभाको खादवारीबाट धरान तर्फ जादै गरेको उक्त जीप दुर्घटनामा गंभिर घाईते लाई उपचारकोलागी धनकुटा तर्फ लगिएको र अन्य ७ जनाको स्थानिय स्वास्थ्य सस्थामा उपचार भई रहेको प्रहरी नायव उपरिक्षक गौतमकुमार केसीले बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्