किसानलाई मकैको बीउ वितरण



सरिता चलाउने, सल्यान ।

जिल्ला कृषि विकास कार्यालयले सल्यानले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ । यस वर्ष मकै रोप्ने मौसम सुरु भइसकेकाले मकैको बीउ वितरण गर्न सुरु गरेको हो ।

जिल्लाभरि २० टन मकैको बीउ उपलब्ध गराइने कार्यालयको प्राबिधिक सहायक पृथ्वी राज लामिछानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका थारमारे, भल्चौर, मुलखोलामा मकैको बीउ वितरण गर्ने काम सुरु भइसकेको छ ।

कार्यालयले विभिन्न क्षेत्रको उचाइका आधारमा मकैका बीउ उपलब्ध गराउँदै आएको छ । कार्यालयमा हाल मनकामना ३, अरुण २ , देउती पोसिलो जातका मकैका बीउ उपलब्ध छन् ।
कृषि कार्यालयले आगामी बैशाखको २० गते सम्म मकैको बीउ वितरण गर्ने छ । थारमारेको कृषि सेवा केन्द्र, भल्चौरको कृषि सेवा केन्द्र, भोटेचौर, कपरकोट कृषि सेवा केन्द्र, राम्पुर कृषि सेवा केन्द्र, मुलखोलाको सम्र्पक केन्द्र, काभ्राको सम्र्पक केन्द्र, रागेचौरको सम्पर्क केन्द्र र मार्केको सम्र्पक केन्द लगायतबाट मकैको बीउ सङ्कलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्