आगोमा परेर वृद्धाको मृत्यु



सरिता चलाउने, सल्यान ।
सल्यानमा आगोमा परेर एक वृद्धाको ज्यान गएको छ । छत्रेश्वरी गाउँपालिका वडा न ६ छाँयाक्षेत्र निवासी ६८ वर्षिया बोधी खत्रीको आगो निभाउने क्रममा आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
आफ्नो बारीमा लगाएको आगो जंगलमा फैलिन थालेपछि निभाउन खोज्दा वृद्धाको शरिरमा आगो सल्किएको थियो । वृद्धा खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्