लाङटाङ म्याराथनमा नेपाली सेना प्रथम



नेपाल समाचारपत्र, रसुवा ।

रसुवाको लाङटाङमा आयोजना गरिएको दोस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथनमा पुरुष तर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम भएका छन् ।
मंगलबार भएको म्याराथनमा ४२ किलोमिटर दूरी तीन घण्टा ३४ मिनेटमा पूरा गर्दै श्रेष्ठ पहिलो भएका हुन् ।

तीन घण्टा ३७ मिनेटमा दूरी पूरा गरेका सेनाकै राजन क्षेत्री दोस्रो तथा तीन घण्टा ३८ मिनेटमा दूरी पूरा गरेका वेदबहादुर सुनुवार तेस्रो भएका छन् ।
त्यसैगरी म्याराथनमा महिला तर्फ नेपाली सेनाकी सरिता बासी प्रथम भएकी छन् । वासीले ४२ किलोमिटर दूरी ५ घण्टा १३ मिनेटमा पूरा गर्दै पहिलो भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्