निजी विद्यालयको मनपरी शुल्क नघटाए आन्दोलन गर्ने चेतावनी



काठमाडौ (नेस) ।

निजी विद्यालयको मनपरी शुल्कको विषयमा आन्दोलनरत विद्यार्थीसंगठनले हिजो उपत्यकाका तीन वटै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएर जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

शिक्षा विभागले दिएको निर्देशन समेत अटेर गरेको आरोप लगाएका विद्यार्थी संगठनले तत्काल शुल्क नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

ती विद्यार्थी संगठनले आज मंगलबार चर्को शुल्क लिने विद्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

शिक्षा विभागको समेत निर्देशनलाई अटेर गर्ने विद्यालयमामाथी कडा भन्दा कडा कारबाही गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्