वैद्य नेतृत्वको माओवादीले चुनावमा भाग लिने



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले घोषित स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । सो दलको नेतृत्वमा जिल्ला सदरमुकाममा गठित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिल्ला समितिले सो निर्णय गरेको हो ।

उक्त भेलामा जनगणतान्त्रिक मोर्चामार्फत स्थानीय तहको निर्वाचन उपयोग गर्ने भएको छ । मोर्चाले देशभक्त बामपन्थीहरूसँग सहकार्य गरेर चुनावमा जाने निर्णय समेत गरेको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी सुरेशचन्द्र न्यौपानेले बताउनुभयो ।
सोही भेलामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी जिल्ला संगठन पनि पुर्नगठन गरिएको बताइएको छ । जिल्ला सदरमुकाम बेसीशहरमा आयोजित भेलाले नेतृत्व परिवर्तन गरेको हो । नेकपा क्रान्तिकारी माओवादीको जिल्ला सेक्रेटरीमा सुरेशचन्द्र न्यौपानेलाई चयन गरेको छ ।
न्यौपानेले दिएको जानकारी अनुसार उक्त भेलाले हेमबहादुर कंडेलको संयोजकत्वमा १५ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिल्ला समिति गठन गरिएको हो ।
मोर्चाको तर्फबाट आफ्नो गृह तगर रहेको रागिनास नगरपालिकाको प्रमुख पदमा आफूले उमेद्वारी दिने भएको न्यौपानेले बताउनु भएको छ । उहाँका अनुसार जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाहरूमा बैशाख १५ सम्ममा उमेद्वारको टुङ्गो लगाउने नीति तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्