२६ हजार मेट्रिक टन गहुँ उत्पादन



विनोद सिंह विष्ट,बैतडी ।

यस बर्ष बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ ।

जिल्लाको २० हजार ९ सय हेक्टर जमीनमा गहँु खेती गरिएकोमा २६ हजार ३३४ मेट्रिक टन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्ण बहादुर चन्दले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालय बैतडीको यो बर्ष ४२ हजार बढी मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखेको भएपनि समयमै पानी नपर्दा तथा खडेरीले उत्पादनमा कमी आउने जनाएको छ ।

गत वर्षको तुलनामा उत्पादन भएको भन्दा यसपाली भने गहुँको उत्पादन वृद्धि हुने भएको छ ।

गएको बर्ष बैतडीमा १७ हजार ५६७ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गत बर्ष भन्दा मौसम अनुकुलताका कारण यो वर्ष गहुँ उत्पादन केही राम्रो हुने अनुमान गरिएको योजना अधिकृत चन्दले बताउनुभयो ।

गतबर्ष ०.८४ प्रतिशत मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन भएकोमा यस बर्ष १२६ प्रतिशतका दरले उत्पादन हुने अनुमान छ उहाँले भन्नुभयो “यो बर्ष गहुँका लागि अनुकुल समयमा बर्षात भयो त्यसले उत्पादन बढेको रिपोर्ट आएको छ।”

जिल्लाको पाटन नगरपलिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका , सुर्नया गाँउपालिका लगाउतका क्षेत्रमा गहुँ उत्पादन बढी हुने गरेको छ ।

बैतडीको अधिकांस क्षेत्रमा गहुँ भित्र्याईसकेको भएपनि केही क्षेत्रमा बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्