अब बैंक पनि गाउँ केन्द्रीत हुने



दयाराम पण्डित,बैशाख

राज्य पुर्नसंरचना संगैं अब सदरमुकाम केन्द्रीत सरकारी स्वामित्वका बैंकहरुपनि नगरपालिका र गाउँपालिकामा जानेभएका छन्।

बाजुराको सदरमुकाम मार्तडीमा सोमवार आयोजित बित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रीय कृषीबिकास बैंक लि. धनगडीका निर्देशक रुपचन्द् गौतमले उक्त कुरा बताउनुुभएको हो ।

राज्यले सबै सबिधालाई गाउँ केन्द्रीत गर्दैछ भने बैंकिङ्ग सेवा पनि किन गाउँमा नलैजाने? निर्देशक गौतमले भन्नुभयो । अवको वर्षदिन भित्र प्रत्यक नगरपालिका र गाउँपलिका बैंक सञ्चालन गरिनेछ ।

यसका लागि कृषिविकास बैंक ,राष्ट्रि««य बाणिज्य बैंक लगायतका सरकारी बैंक र अर्थमन्त्रालय वीच आवस्यक नीतिगत निर्णका लागि छलफल भईरहेको बताउनुुभएको छ ।

बाजुराको सन्दर्भमा विगतमा गाउँमा स्थापना गरिएका कृषिविकास बैंकका शाखालाई नै पुर्नस्थापना गर्न पहल भइरहेको निर्देशक गौतमले जानकारी गराउनुभएको छ ।

कृषीबिकास बैंकलेआज दिउसो बाजुराका उद्योगी ब्यापारि प्रध्यापक ठेकेदार, आफ्ना ग्रहाक र पत्रकार लगायतका सरोकारवाला बोलाएैर कृषीविकासबैंको संक्षिप्त ईतिहांस बैंक स्थापन र आधुनिक बैंकिङ्ग प्रणालीको बारेमा जानकारी किृषीविकास बैंकक्षेत्रीय कार्यालय धनगडीका अधिकृत करनचन्द्र घिमिरेले जानकारी गराउनुभएको थियो ।

गत चैत्र २० गतेबाट बाजुरामा पनि बैंकिङ्ग सेवा सचालन गरेको कृषीविकासबैंकले एलसी कारोवार, बैंक ग्यारण्टी, लकर सेवा, ईबैंकिग सेवा, एसएमएस अलर्ट सर्भिस , एटिम सेवालगायतका सुविधा दिने नीतिगत ब्यबस्थाभएको वताएको अब देखि बाजुराबाट देशका जुनसुकै जिल्लाका कषीविकास बैंकसंग कारोवार गर्न सकिने बताइएकोछ ।

कृषीविकासबैंक बाजुराले विभिन्न शिर्षकमा लगानी गर्दै आएको ऋणमा अधिक्तम लगानी गाउँका दुरदराजमा गरेको बाजुरा शाखाका प्रबन्दक खगराज जोशीले जानकारी गराउनुभएको छ ।

हाल सम्म १४ करोड पचासलाख रुपैंया लगानीमा रहिरकको बताइएको छ ।बाजुरामा हाल सम्म एकमात्र सरकारी स्वामित्वको बैंक राष्ट्रिय बाणिज्यबैंक भएको अवस्थामा कृषीविकास बैंकले पनि बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएपछि दुुईओटा बैंकिङ्ग संस्था भएकाछन्। बैंकको पहुंच सुलभ नहुंदा बाजुराका ग्रामिण क्षेत्रमा १५० वढि सहकारी संस्थाहरु क्रियाशिल छन्।

अन्य बित्तीय संस्था भन्दा सहकारीमा कारोवार गर्ने प्रक्रिया सरल र सुलभ हुँदा सहकारीमा अकर्शित भएको बित्तीय साक्षरता कार्यक्रमका सहभागीले बताए।

प्रतिक्रिया दिनुहोस्