भूकम्पको दुई बर्ष — पीडित अझै टहरामा



मनोज रेग्मी, काठमाडौ ।

बिनासकारी भुकम्प गएको दुई बर्ष पुरा हुँदा पनि पीडितले अझै राहत पाएका छैनन । पुनर्निर्माणका काममा सरकारको ढिलासुस्तीले गर्दा पुनर्निर्माणको कामले तिब्रता पाउन सकेको छैन ।
भुकम्पबाट अति प्रभावित जिल्ला गोरखा, रसुवा, दोलखा, रामेछाप, सिन्ध्ुपाल्चोक, काभे्रपलान्चोक, कठमाडौ, ललितपुर, भक्तपुर, सिन्धुली लगायतका जिल्लामा पनि भुकम्प पुननिर्माणका कामले अझै तिब्रता पाउन सकेको छैन ।
भूकम्पपछिको पुनर्निर्माणमा सरकारले चालु आ.ब मा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आ.ब.मा करिब ४ अर्ब रुपैयाँ खर्च गरेता पनि पुन निर्माणको कामले अझै निब्रता लिन सकेको छैन ।

निजी अवासको पुनर्निमार्ण, बिद्यालय पुनर्निमाण, स्वास्थ्य संथाको पुनर्निर्माण, पुराना सम्पदाको पुनर्निर्माण, खानेपानीको पुनर्निमार्ण लगाएतका थुप्रै क्षेत्रका पुनर्निमार्णका काममा तिब्रता देखिएको छैन ।
ग्रामीण क्षेत्रका बासिन्दालाई किस्ताको रकम घर बनाउनको लागि अपुग हुने र ऋण जुटाउनको लागि सहज नहुने जस्ता आर्थिक अभावका कारण बासिन्दा अझै पनि टहरामै बस्न बाध्य भएका छन ।
भुकम्पबाट प्रभावित मुख्य ३१ जिल्लामा पनि सरकारले पटक पटक किस्ताको रकम वितरण गरे पनि बासिन्दाले घर निमार्णका लागि रकम अझै अपुग हुने गरेको गुनासो गर्छन ।
जिल्लामा मात्र नभई उपत्यकाका पुरातात्विक सम्पदा र सरकारी भवन पुनर्निमाणको कामले पनि तिब्रता पाउन सकेको छैन । धरराको पुनर्निमार्ण, बिस्व सम्पदा सुचीमा परेका मठ मन्दिर, दरबारहरु र एैतिहासिक सम्पदाका पुनर्निमार्णका कामले पनि तिब्रता पाउन सकेको छैन ।
भुकम्पमा क्षति भएका ७ सय भन्दा बढि पुरातात्कि सम्पदा जस्तै बौद्धनाथक्षेत्र पुनर्निर्माण, पाटन दरबार क्षेत्र, बसन्तपुर दरबार क्षेत्रको पुनर्निर्माण पशुपतीक्षेत्र पुननिर्माण, भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माण, स्वयम्भु क्षेत्रको पुनर्निर्माण र चारगुनारायण क्षेत्रको पुनर्निर्माणको काम अत्यान्तै ढिलो भैरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्