तनाव बढेपछि रुसले उत्तर कोरियाको सीमामा सैनिक पठायो



मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढ्ने क्रम नरोकिएपछि उत्तर कोरियासँगको सीमानामा सेना र हतियार पठाउन आदेश दिएका छन्। पुष्टि नभएको एउटा भिडियो फुटेजमा सैन्य उपकरण बोकेको तीन वटामध्ये एक भएको विश्वास गरिएको एक ट्रेन रुस र उक्त गोप्य राष्ट्रबीचको ११ माइल लामो सीमातर्फ गइरहेको देखिएको छ।

अर्को एउट भिडियोमा सैनिक हेलिकोप्टरहरु रुसी सीमातर्फ गइरहेको र त्योसँगै सैन्य गाडीहरु पनि उक्त पहाडी इलाकातर्फ गइरहेको देखाइएका छन्।
प्रि–मिडिया डट आरयूले समाचारमा सैन्य उपकरण बोकेको रेलवे ट्रेन खाबारोभ्स्की हुँदै प्रिमोस्र्की क्षेत्रतर्फ गइरहेको स्थानीयले बताएका दाबी गरेको छ। विभिन्न पारवहन माध्यमबाट सैन्य उपकरणहरु विगतका हप्तामा प्रिमोस्र्की क्षेत्रतर्फ पुर्याउने काम भइरहेको एक सैन्य अधिकारीले जानकारी दिए।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा एउटा विज्ञप्तिलाई लिएर रुस र अमेरिकाबीच विवाद भएको एक दिनपछि नै उक्त कदम चालेको हो। अमेरिकाले तयार पारेको उक्त विज्ञप्तिमा उत्तर कोरियाको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणको निन्दा गरिएको थियो।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले भने– ‘हामी उत्तर कोरियासँगको सबै स्थितिको समीक्षा गरिरहेका छौं, यो राज्य प्रायोजित आतंकवादलाई लिएर र त्योसँगै प्योङयाङको शासकलाई हामीसँग पुनः सम्पर्कका लागि दबाब दिने दुवै तरिकाबाट हो। यसैबीच दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति ह्वाङ क्यो अह्नले गत हप्ता उत्तर कोरियाले एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अन्तर्राष्ट्रिय मित्र शक्ति तथा सुरक्षा एजेन्सीहरुलाई सतर्क रहन आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्