म्याग्दीको पुलाचौर स्वास्थ्यचौकी जिल्लाकै उत्कृष्ट



नेपाल समाचारपत्र, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–५ मा सञ्चालित पुलाचौर स्वास्थ्यचौकी जिल्लामै उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सोमबार सम्मानित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गरेको अनुगमनका क्रममा स्वास्थ्य संस्थामा उपलब्ध सेवासुविधाको व्यवस्थापन तथा संस्थाको गतिविधिका आधारमा जिल्लाभरमा सञ्चालित स्वास्थ्यचौकीहरुमध्ये पुलाचौरलाई उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सम्मान गरिएको हो ।

उक्त स्वास्थ्यचौकीमा प्रतिक्षालय तथा स्वास्थ्य शिक्षा सूचना कर्नर, परामर्श केन्द्रको व्यवस्था, अन्तरव्यक्ति सञ्चार तथा परामर्श सिपको प्रयोग, परिवार नियोजन कार्यक्रमका अस्थायी सेवाहरु सबै उपलब्ध भएको, खोपकेन्द्र तथा गाउँघर क्लिनीक सञ्चालन, स्वास्थ्यचौकी व्यवस्थापन समितिबाट नियमित अनुगमनलगायतका गतिविधिहरु सञ्चालन भएको पाइएको छ । यसैगरी स्वास्थ्यचौकीमा हुनुपर्ने र गर्नुपर्ने न्युनतम आधारभूत मापदण्डहरु सबै पुरा गरेको हुँदा उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सम्मान गरिएको परिवार नियोजन सुपरभाईजर नारायप्रसाद रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्