सल्यानमा ११ अवैध सस्थागत विद्यालय सञ्चालन



सरिता चलाउने, सल्यान ।
जिल्लामा अवैध रुपमा निजि विद्यालय सञ्चालन गरी रहेको पाइएको छ । सस्थागत विद्यालयले जिल्लाका विभिन्न स्थानमा ११ अनुमति नलिई कक्षा सञ्चालन गरेको पाइएको हो । अवैध रुपमा सञ्चालन गरिएका बोडिङ्गहरुले १ देखि ३ कक्षासम्म सञ्चालन गरेको पाइएको छ ।
अवैध रुपमा सञ्चालन गरिएका संस्थागत विद्यालयहरु १५ दिनभित्र जसरी पनि बन्द गरिने जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो शिक्षा कार्यालयमा अनुमतिनै नलिई ११ बोडिङ्ग सञ्चालन भईरहेको पाइएको छ ती सम्पूर्ण बोडिङ्गहरुलाई अबको १५ दिनभित्र जसरी पनि बन्द गरिने छ ।
बालबालिकाहरुको भविश्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि नभएको बताउदै जिशिअ सुवेदीले जुन कुनै अवस्थामा पनि अवैध रुपमा चलि रहेका संस्थागत विद्यालय बन्द गरिने छ । तल्लो कक्षाको अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गरेका संस्थागत विद्यालयलाई समेत जरीवाना सहित कारवाही गरिने सुवदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्