उपचारको क्रममा कैदीको मृत्यु



नेपाल समाचारपत्र, चितवन ।
लागूऔषध खैरो हेरोइन मुद्दामा जिल्ला अदालत पर्साले ५ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला भई २०६९ भदौ ५ गतेदेखि कैद भुक्तान गरिरहेका कैदिको मृत्यु भएको छ । रौतहट चःपुर–६ का २३ वर्षीय नबिन परियारको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

क्यान्सरबाट पीडित परियार बिरामी भएपछि उपचारको लागि २०७३ भदौ २७ गते जिल्ला कारागार भरतपुर ल्याई उक्त अस्पतालमा उपचार भइरहेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्