सवारी दुर्घटनामा मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–७ पचासास्थित सडकमा भे १ ख १९५७ नम्बरको बसले टाँगालाई ठक्कर दिँदा टाँगा चालक भारत बहराईच ग्राम पोष्ट उठारा बजार बस्ने ३५ वर्षीय भोला कवाडी र घोडाको सोमबार घटनास्थलमै मृत्यु भएको छ ।

दुुर्घटनामा अन्य बसमा सवार राजापुर नगरपालिका–१० बस्ने ३३ वर्षीया मानकुमारी सुनार लगायत ६ जना घाइते भएकाले उपचारको लागि नेपालगंजतर्फ पठाइएको प्रहरीले जनाएको छ । बस चालक फरार भएकाले प्रहरीले खोजतलास गरिरहेको छ ।

त्यस्तै सोलुखुम्बुको दुधकौशिका गाउँपालिका–८ बुढिडाँडास्थित सडकमा बा १२ च ३६४७ नम्बरको बलेरो गाडी सोमबार दुर्घटना हुँदा गाडीमा सवार सोताङ गाउँपालिका–५ बस्ने ३० वर्षीया बिण्णुमाया बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित अन्य ६ जना घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नेले पठाइएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको स्थानिय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्