महिलाहरु पुगे पार्टी कार्यालयमा



नेपाल समाचारपत्र, हेटौंडा । आसन्न स्थानीय तह निर्वाचनमा महिलाका सवाललाई प्राथमिकता दिन अनुरोध गर्दै महिला अधिकार मञ्चको टोली मकवानपुरका राजनीतिक दलहरुको कार्यालयमा पुगेको छ ।

दलहरुको कार्यालयमा पुगेर मञ्चले निर्वाचनमा महिलाको पहु“च र अर्थपूर्ण सहभागिताबारे पार्टीको घोषणापत्रमा समेट्न गर्न अनुरोध गरेको हो ।

स्थानीय तह निर्वाचनमा उमेदवारी दिने महिलालाई आर्थिक, सामाजिक, राजनीतिक सुरक्षासहित पार्टीले महिला उमेदवारलाई संरक्षण गर्न माग गरिएको छ । महिला अधिकार मञ्च मकवानपुर अध्यक्ष निर्मला भ्लोनको नेतृत्वमा पार्टी कार्यालयहरुमा गएको टोलीले जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मकवानपुरको कार्यालयमा मागपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्