आगलागी हुँदा ३ जना बालबालिकाको ज्यान गयो



काठमाडौं, नेस

डडुवा गाँउपालीका–१ पुडुवा बस्ने दुलारे मौरेयको फुसले छाएको घरबाट आइतबार निस्केको आगोले छिमेकी मुन्से मौरेयको घरमा समेत आगलागी हुँदा ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ ।

आगलागीमा ६ वर्षीय पबन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीय राभनि मौर्यको घरभित्रै जलेर मृत्यु भएको थियो ।

आगलागीमा ८ वटा घर र २ वटा गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्