सिलवालव्दारा बयान दिन अस्वीकार, घरबाटै नियन्त्रण गरिएको खुलासा



ईश्वरराज ढकाल,काठमाडौं ।
सरकारी कागज किर्ते गरेको अभियोगमा सोमबार प्रहरीले नियन्त्रणमा लिएका डिआइजी नवराज सिलवालले आफ्नो सर्बोच्च अदालतमा मुद्धा चलिरहेको भन्दै बयान दिन अस्वीकार गरेका छन् ।

अर्का डिआइजी विजय भट्टको नेतृत्वको छानबिन समितिले प्रहरी मुख्यालयमा उनीसँग बयानको प्रयास गरेको थियो ।

सिलवाललाई बारका पूर्व अध्यक्ष शम्भु थापाको घरबाट प्रहरीले नियन्त्रणमा लिएको समाचार यसअघि आएपनि उनी आफ्नै बालकुमारीस्थित निवासबाट प्रहरी नियन्त्रणमा परेको जनाइएको छ ।

स्रोतका अनुसार प्रहरी अधिकृत प्रकाश चन्द उनलाई लिन बालकुमारी गएकोमा सिलवालले आफू कानुनी सल्लाहकारलाई लिएर मात्रै जाने बताएका थिए ।

उनलाई प्रहरी भ्यानमा लग्न खोजिएको भएपनि आफ्नै गाडीमा थापाको निवास हुँदै प्रहरी मुख्यालय लगिएको हो ।
उनले सर्बोच्चमा रिट दिएकाले बन्दी प्रत्यक्षीकरणका सम्बन्धमा आजै सर्बोच्चले आदेश दिन सक्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्