गुल्मीका गाउँपालिकाहरुमा निर्बाचन अधिकृतको कार्यालय उद्घाटन



अनिल खत्री,गुल्मी ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि गुल्मीमा गाउँपालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइरहेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको कार्यभर सम्पन्न गर्ने कार्यादेश सहित जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

भने नगर तथा गाउँपालिकाहरुमा पनि उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर पठाईसकेको छ । जिल्लामा २ नगरपालिका र १० गाउँपालिका छन् । सदरमुकामको रेसुंगा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै संचालन गर्नेछ ।

भने एक नगरपालिका र १० गाउँपालिकामा धमाधम निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्