बैतडीमा पाठ्यपुस्तक अपुग



विनोद सिंह विष्ट,बैतडी ।

नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग भएका छन ।

जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरका अनुसार मागको ७० प्रतिशत मात्र पाठ्यपुस्तक उपलब्ध भएका हुन ।

आधारभूत तहको कक्षा १ देखि ५ सम्मका करिव सबै पाठ्पुस्तक माग अनुसार पुगको भएपनि कक्षा ६ देखि १० सम्मका ७० प्रतिशत मात्रै पाठ्यपुस्तक उपलब्ध भएका छन । ६ देखि १० सम्मका पुरै सेट आएका छैनन उहाँले भन्नुभयो“बिषेश गरेर ऐच्छिक विषयका पाठ्यपुस्तक अपुग छन ।”

यस्तै कक्षा ६ र ७ का बिज्ञान र सामाजिक विषयका पाठ्यपुस्तक पनि अपुग रहेका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

सरकारले निशुल्क रुपमा उपलब्ध गराउदै आएको भएपनि समयमै विद्यार्थीको हात पाठ्पुस्तक नपुग्दा पठाई प्रभावित हुने गरेको छ ।

जनक शिक्षा सामग्री तथा साझा प्रकाशन छपाईमा लागिपरेकाले अबको केही दिनभित्रै अपुग पाठ्यपुस्तक उपलब्ध हुने बताईएको भएपनि वैशाख ३१ मा हुन लागेको स्थानिय तहको निर्वाचनका लागी मतपत्र छपाईको काम भईरहेकाले केही समय लाग्न सक्ने आसंका गरिएको छ ।

बैतडीमा ३ प्रतिशत बालबालिका विद्यालयबाहिर

बैतडीमा विद्यालय उमेर समूहका ३ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन । विद्यालयको पहुँचभन्दा बाहिर रहेका ती बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालय बैतडीले भर्ना अभियानलाई तीव्रता दिएको छ ।

सरकारले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका बेला बैतडीमा विभिन्न क्षेत्रमा रहेका ३ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने पहल भइरहेको जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरले बताउनुभयो । वैशाख १४ गतेसम्म भर्ना अभियान खुला गरेका छौ उहाँले भन्नुभयो“१५ गतेदेखि ३० गतेसम्म घरदैलो अभियान गर्दैछौ ।”

विद्यालय उमेर समूहका बालबालिका के कती कारणले विद्यालयको पहुँचसम्म पुग्न नसकेको भनी सम्वन्धीत श्रोत व्यक्तीवाट पत्ता लगाइने बताईएको छ ।

आर्थिक अवस्था कमजोर भई विद्यालयको पहुँचसम्म पुग्न नसकेको भए जनसंख्या शिक्षा कोषवाट सम्वन्धित विद्यालयलाई बजेट उपलब्ध गराएर बालबालिकालाई विद्यालय भर्ना गराउने, पोशाक, शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो ।

सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ देशभर एकैसाथ सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्