८३ वर्षीया हजुरआमालाई कांग्रेस सदस्यता



हेटौंडा,(नेस) ।
नेपाल तरुण दलले हेटौंडामा गरेको जिल्ला भेलामा ८३ वर्षीया हजुरआमादेखि युवा संघका नेतासम्म कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रममा एमाले, राप्रपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, चुरेभावर लगायत पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ ।

हेटौंडा–९ की ८३ वर्षीया लीलाकुमारी पौडेल एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेकी छिन् ।

युवा संघका जिल्ला नेता विक्रम शाही, रिजाल मार्केटका सञ्चालक सुशान्त रिजाल, वाईसीएल भीमफेदी इञ्चार्ज भुवन घलान, एमाले तत्कालित बेतिनी–९ नम्बर वडा अध्यक्ष लालबहादुर गोले, राप्रपा ११ नम्बर वडा कोषाध्यक्ष नकुल बिडारी, हेटौंडा लेडी जेसीजकी पूर्वअध्यक्ष अञ्जना रिजाल, चुरेभावर पार्टी जिल्ला अध्यक्ष कृष्ण चौरेलसहित कांग्रेसमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्य महालक्ष्मी डनिा उपाध्याय र जिल्ला सभापति एवम् गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले सदस्यतासहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्