युनिलिभरको हाम्रो राम्रो पसल अभियान शुरू



नेपाल समाचारपत्र
काठमाडौं
युनिलिभरले विभिन्न योजनाहरू सञ्चालन गर्ने क्रममा सन् २०१७ को अन्त्यसम्ममा नेपालमा २ हजार साना तथा मझौला उद्यमीहरू सिर्जना गर्ने लक्ष्य लिएको छ।

यसैक्रममा कम्पनीले हाम्रो राम्रो पसल अभियान काठमाडौंबाट शुरू गरेको छ। यस अभियानलाई नेपालभरि बिस्तार गर्ने उद्देश्य लिइएको कम्पनीले जनाएको छ। हाम्रो राम्रो पसलमार्फत् अन्य साझेदारहरूसँग हातेमालो गर्दै युनिलिभरले उपभोक्ताहरूलाई दिइने सेवाको गुणस्तर वृद्धि गर्नमा ध्यान केन्द्रित गर्नेछ।
हाम्रो राम्रो पसलले उपभोक्ताहरूलाई अझ गुणस्तरीय, सुखद किनमेलको अनुभूति प्रदान गर्नेछ। यस अभियानले युनिलिभरको विश्वस्तरीय सेवालाई अझ सर्वसुलभ बनाउनेछ। यस कल्पनाशील र मनोरञ्जनपूर्ण कार्यक्रममा ३ हजारभन्दा बढी पसल सञ्चालकहरूको सहभागिता थियो।

कार्यक्रममा उपभोक्ताहरूलाई दिइने सेवाको गुणस्तर कसरी वृद्धि गर्ने भन्ने कुरा सिकाइएको थियो। त्यतिमात्रै होइन, राजेश हमाल, प्रियंका कार्की, इन्दिरा जोशी, कालीप्र्रसाद बास्कोटा, अलिशा राई, सन्दिप क्षेत्री र माल्भिका सुब्बालगायतका कलाकारहरूले सहभागीहरूलाई मनोरंजन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्