चेल्सी एफए कपको फाइनलमा



लन्डन, (एजेन्सी)
टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इङ्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको पहिलो सेमिफाइनलमा चेल्सीले लन्डन क्लब टोटनह्यामलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। लन्डनस्थित वेमब्ली रंगशालामा भएको खेलमा दुईपटक नतिजा उल्ट्याउने प्रयास गरे पनि टोटेनह्यामले हारलाई भने टार्न सकेन।

खेलमा चेल्सीलाई जित दिलाउन विलियनले दुई तथा इडेन हजार्ड र नेमान्जा माटिचले समान एक–एक गोलको योगदान गरे। खेलको पाचांै मिनेटमा नै विलियनको गोलमार्फत चेल्सीले खेलमा शुरुआती अग्रता लिएको थियो। विलियनले फ्रि–किकलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए। खेलको १८औं मिनेटमा ह्यारी केनको हेड गोलसंगै टोटेनह्याम खेलमा फर्कियो। यता बेन डेभिसले भिक्टर मोसेसलाई आफ्नै डी–बक्समा लडाएपछि चेल्सीले पेनाल्टी हान्ने अवसर प्राप्त गर्यो। जसलाई खेलको ४३औं मिनेटमा विलियनले गोलमा परिणत गरेपछि पहिलो हाफको अन्त्यसम्म चेल्सी २–१ ले अघि रह्यो।

यस्तै दोस्रो हाफ शुरु भएको सात मिनेटपछि नै टोटेनह्याम दोस्रोपटक खेलमा फर्कियो। खेलको पहिलो हाफमा गोल गर्ने मौकाहरू चुकाएका डेले अलीले खेलको ५३औं मिनेटमा एरिक्सनको क्रसमार्फत प्राप्त बललाई जाली चुमाएका थिए। यसै गरी स्थापन्न खेलाडी इडेन हजार्डले खेलको ७५औं मिनेटमा करिब १८ यार्डको दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि गोलसंख्या तीन पुग्यो। त्यसको पाँच मिनेटपछि नै चेल्सीले चौथो गोल गर्यो। टोटेनह्यामको डी–एरियाभित्र अनमार्क रहेको स्थितिमा नेमान्जा म्याटिचले २५ यार्डको दूरीबाट दर्शनीय गोल गरेपछि टोटेनह्यामको चौथो गोल सम्भव भएको थियो। दोस्रो हाफमा गोल गरेका यी दुवै खेलाडीलाई चेल्सीले मध्यान्तरपछि मात्र मैदानमा उतारेको थियो।
हारसँगै टोटेनह्याम लगातार सातौपटक एफए कपको सेमिफाइनलबाट बाहिरिएको छ। अब चेल्सीले दोस्रो सेमिफाइनलअन्तर्गत आर्सेनल वा म्यानचेस्टर सिटीमध्येको विजेतासँग १२औं पटक एफए कपको फाइनल भिडन्त तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्