पञ्जाबद्वारा गुजरात पराजित



नयाँ दिल्ली, एजेन्सी
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा किङ्स इलेभेन पञ्जाबद्वारा गुजरात लायन्स २६ रनले पराजित भएको छ।

आइतबार राजकोटमा भएको उक्त खेलमा पञ्जाबको १८९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन मात्र जोड्न सकेका थिए। पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो। पन्जाबका लागि हसिम अमलाले ६५ रन बनाए भने अक्षर पटेलले ३४ रनको योगदान दिए। यस्तै ग्लेन म्याक्सबेलले ३१ र सन मार्सले ३० रन जोडेका थिए।

जवाफमा उत्रेको गुजरातका ब्याट्सम्यान चल्न नसकेपछि हार स्वीकार बाध्य भएका थिए। गुजरातका लागि दिनेश कार्तिकले अविजित ५८ रन जोडे पनि हारबाट बच्न पर्याप्त बनेन। यस्तै सुरेश रैनाले ३२ रन बनाएका थिए।

मुम्बई शीर्षस्थानमा यथावत
यसै गरी शनिबार राति भएको खेलमा जित हासिल गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा यथावत रह्यो।
मुम्बईले घरेलु मैदानमा दिल्लीबिरुद्द १४ रनको जित हासिल गर्न सफल भयो। उक्त जितपछि मुम्बई लिग तालिकाको शीर्षस्थानमा अडिग नै रहेको छ। टस हारेर पहिले ब्याटिंग रोजेको मुम्बईले दिल्लीसामू प्रस्तुत गरेको १४३ रनको लक्ष्य रक्षा गर्दै प्रतियोगितामा लगातार छैटौ खेलमा जित दर्ता गरेको हो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मुम्बईले १४२ रनको योगफल तयार पारेको थियो।
मुम्बईका ३ खेलाडी रन आउट भएको उक्त खेलमा जोस बट्लरले १८ बलमा २८ रनको योगदान दिए भने केरोन पोलार्डले २६, हार्दिक पान्डेयाले २४ र क्रुनाल पान्डेयाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक भेटाउन सकेनन्। दिल्लीका अमित मिश्रा र प्याट कमिन्ग्सले २ विकेट लिए भने कगीसो रबडाले एक विकेट झारेका थिए।

१४३ रनको लक्ष्य पाएका दिल्लीको शुरुआत नै फितलो बनेको थियो। एक रनमा आफ्नो ओपनर आदित्य तारेलाई गुमाएको दिल्लीले २४ रन जोड्दासम्म ६ विकेटको नोक्सानी गरिसकेको थिए। क्रीस मोरिस र कगीसो रबाडाले सातौ विकेटमा ९१ रनको साझेदारी बनाउँदै दिल्लीलाई खेलमा पुनरागमन गर्ने प्रयास गरेका थिए। रबाडाले ४४ रन जोडेका थिए भने मोरिस ५२ रनमा नट आउट रहे। म्याकक्लेनागन ३ विकेट लिदै खेलको म्यान अफ द म्याच रहे भए जस्प्रित ब्रुमराहले २ तथा हार्दिक पान्डेयाले १ विकेट लिए। उक्त खेलमा प्रारम्भिक ब्याट्सम्यानहरूले गरेको खराब शुरुआतको कारण दिल्लीले प्रतियोगितामा चौथो हारको स्वाद चाख्नुपर्यो।

प्रतिक्रिया दिनुहोस्