फ्रान्समा राष्ट्रपति पदका लागि मतदान मैदानमा ११ उम्मेदवार, दोस्रो चरण मे ७ मा हुने



पेरिस, (एजेन्सी)
फ्रान्समा राष्ट्रपति पदको चुनावका लागि मतदान भइरहेको छ। तीन दिनअगाडि मात्रै पेरिसमा भएको हमलालाई ध्यानमा राखी त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

मतदानमा सुरक्षाका लागि ५० हजार प्रहरी र सात हजार सैनिकलाई परिचालन गरिएको छ। भावी राष्ट्रपतिका लागि ११ जना उम्मेदवार छन्। यो चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत हासिल गर्न नसकेको अवस्थामा सबैभन्दा धेरै मत पाउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।

फ्रान्सको मतदान केन्द्र स्थानीय समयअनुसार बिहान ८ बजे खुलेको र मतदान राति ८ बजेसम्म चलिरहने छ। त्यसको लगत्तै चुनावको नतिजा आउन सक्छ।
विदेशमा रहेका फ्रान्सेली नागरिकहरूले भने शनिबार आफनो मताधिकार प्रयोग गरिसकेका छन्। यसपटकको चुनावमा ४ जना उम्मेदवार राष्ट्रपति पदका लागि अगाडि देखिएका छन्। दि रिपब्लिकन्सका फ्राँस्वाँ फियो, नेसनल फ्रन्टकी दक्षिणपन्थी नेता मेरिन ली पेन, एन मार्सका इम्यानुएल म्याक्रो, ला फ्रान्स इनसोमाइजका जँ लुक मेलासों राष्ट्रपति पदको दौडमा अगाडि रहेको सञ्चार माध्यमहरूले जनाएका छन्।

विशेष गरी यो चुनाव दक्षिणपन्थी ली पेन र सत्तारुढ उम्मेदवार फ्राँस्वाँ फियोबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। राष्ट्रपतिका उम्मेदवारबीच युरोपको नाटकीय स्वरूप, आप्रबासी समस्या, अर्थव्यवस्था र फ्रान्सेली नागरिकतालगायत विभिन्न विषयको बहसमा फरक–फरक मत देखिएका छन्।
तीन अगाडि मात्र साँ एलिजेमा भएको हमलाका आरोपी करिम सेउर्फी मारिएपछि मतदान केन्द्रहरूमा थप सुरक्षा बल तैनाथ गरिएको छ। सउर्फीलाई सुरक्षा कर्मीहरूले मारेका थिए। उनको शव नजिकै प्राप्त एक पत्रमा उनी इस्लामिक स्टेटको पक्षधर भएको उल्लेख गरिएको थियो।

चुनाव अभियाका क्रममा राष्ट्रिय सुरक्षालाई ठूलो मृद्दाका रूपमा उठाइएको थियो तर हालैको उक्त हमलापछि उम्मेदवारहरूमाथि राजनीतिक फाइदा उठाउने प्रयासमा रहेको आरोप लागेको छ।

चुनावमा प्रमुख दावेदारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यद्यपि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत हासिल गर्न नसक्ने अपेक्षा गरिएको छ। सबैभन्दा धेरै मत हासिल गर्ने दुई उम्मेदवारबीच दास्रो चरणको मतदान मे ७ मा हुने छ।

सत्तारुढ दलका तर्फबाट उम्मेदवार फ्राँस्वाँ फियो अगाडि देखिएका छन्। सोही दलका राष्ट्रपति पदका समाजवादी उम्मेदवार बेवना एमो दौडबाट बाहिर देखिएका छन्।

बर्तमान राष्ट्रपति फ्राँस्वाँ होलान्डले आफ्नो अलोकप्रियताका कारण पदको दोस्रो कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेका थिए। आधुनिक फ्रान्समा यसरी बहालवाला राष्ट्रपति भएर अर्को कार्यकालका लागि चुनावमा नजाने उनी पहिलो राष्ट्रपति हुन्।

प्रतिक्रिया दिनुहोस्