आलु र तामाका गायकलाई सहयोग



हेटौंडा, (नेस)। पक्षघातका कारण ५ वर्षदेखि थलिएका चर्चित लोकगायक सोमबहादुर घलानलाई ह्विलचेयर सहयोग गरिएको छ।

बोल्न र हिँडडुल गर्न नसक्ने गायक घलानलाई भरतपुरस्थित साइराम डेन्टल केयरका डा. दम्पती अजय न्यौपाने र सरू थापाले सहयोग गरेका हुन्। हेटौंडा–१० स्थित घलानको निवासमा पुगेर दम्पतीले ह्विलचेयर, खानेकुरा र कपडा सहयोग गरेका थिए।
२०३२ सालमा रेडियो नेपालमा लामाले रेकर्ड गरेको आलु र तामा छेपारोलाई जामा बोलको गीत पछिल्लो पुस्तामा समेत चर्चित छ। १९९९ मा मकवानपुरको भीमफेदी गाउँपालिकामा जन्मिएका सोमबहादुर २०६८ सालदेखि थला परेका हुन्। गायक निमा रुम्बासहितको कलाकार टोलीदेखि डक्टर दम्पतीसम्मको टोलीले कलाकारको सम्मानमा सहयोग गरिरेहका छन्।

सोमबाहादुर ७१ वर्षीया पत्नी रत्नमायाका साथ जीवन बिताइरहेका छन्। पक्षघातका कारण थलिएका उनलाई परिवारले विभिन्न ठाउँ पुर्याएर उपचार गरेका थिए। उपचारका लागि आर्थिक अभावमा रहेका उनीहरूलाई देश–विदेशबाट पनि सहयोग आएको थियो। उनले वर्षांैअघि गाएको आलु र तामा हाल रिमिक्समा चर्चित छ।

प्रतिक्रिया दिनुहोस्