र्याम्पमा परी



हालैको एक दिन साँझ पर्दै जाँदा होटल सोल्टी क्राउन प्लाजाको सभाहल फेसनमय बन्दै थियो, जहाँ डेढ दर्जनभन्दा बढी व्यवसायिक मोडलहरू परीको रूप धारण गरेर र्याम्प नाप्ने तयारी गर्दै थिए। झमक्क साँझले छोपेसँगै संगीतको तालमा स्टेजमा उत्रिएका मोडलहरूले एकाएक माहोल तताइदिए।

प्रसंग एन्जल अन द फ्लोर नामक फेसन शोको हो। आरएनआर गु्रपले आयोजना गरेको उक्त फेसन शोमा विभिन्न डिजाइनरले तयार गरेको पहिरनमा मोडलहरूले र्याम्प नोपका थिए। मोडलहरू कमल मानन्धर, शोभा महर्जनलगायतका डिजाइनरले तयार गरेका गाउन, वानपिस जस्ता समर पहिरनमा स्टेजमा उत्रिएका थिए। साथै, नोभा र वाचु जिन्सको समर पहिरनमा मोडलहरू स्टेजमा उत्रँदा बेग्लै रौनकता छाएको थियो। रोजिन शाक्यको कोरियोग्राफीमा १६ जना व्यावसायिक मोडल प्रस्तुत उक्त फेसन शोमा मोडल विपना थापा र सिर्जना राईले शोस्टपरका रूपमा र्याम्प नापे। कार्यक्रममा गायक दीपक लिम्बु र गायिका मिलन अमात्यले सांगीतिक प्रस्तुति पस्केका थिए।

प्रतिक्रिया दिनुहोस्