पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा बुढाथोकी



नेपाल समाचारपत्र
भक्तपुर
नेपाल पत्रकार महांसघ, भक्तपुर शाखाको ७औं जिल्ला अधिवेशनबाट अध्यक्षमा नेपाल समाचारपत्रकर्मी पुष्कर बुढाथोकी निर्वाचित हुनुभएको छ। बुढाथोकी विगत १५ वर्षदेखि निरन्तर साहित्य र पत्रकारितामा सक्रिय हुनुहुन्छ।
अविधेशनले उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिव सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन बल्ल निर्वाचित भएका छन्। सदस्यहरूमा जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन्।

प्रदेश पार्षद्मा धु्रवराम थापा, रोशनराज अर्याल, जितेन्द्र श्रेष्ठ, रामचन्द्र प्रजापती, सविना केसी, नारायण थापा, गोपीकृष्ण ढुंगाना, जितेन्द्र श्रेष्ठ, चूडामणि पौडेल, प्रवीण लाखे, हरिबहादुर श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, राममणि बराल, काशिराम विरस, सागर गुरागाईं, भेषबहादुर कार्की, प्रतिमा सैंजु, राममणि बराल, कमल न्यौपाने र पूर्णभक्त दुवाललगायतका रहेका छन्।

यसै गरी केन्द्रीय पार्षद्हरूमा अमर भुजु, दिलीप थापागमर, रमेश गिरी, सोम शर्मा बजगार्इं, अभय श्रेष्ठ, पेशल आचार्य, विकल श्रेष्ठ, अञ्जना शिल्पकार, रमेश खड्का, रत्नकृष्ण श्रेष्ठ, अभय श्रेष्ठ, अमृत न्यौपाने, सुशीलबन्धु थापा, नारायणसुन्दर किलम्बु, जीवन ढुङ्गाना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्