सुन चोरी भागेकी महिला पक्राउ



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङको मध्यनेपाल नगरपालिका– ७ बस्ने मकरबहादुर गुरुङको घरमा काम गर्दै आएकी २२ वर्षीया युवतीलाई दश तोला सुन चोरी गरी भागेर लुकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ ।

लमजुङको साविक भुजुङ– ६ हाल क्वहोलासोथर गाउँपालिका– ९ बस्ने बर्ष २२ वर्षीया प्रिया भन्ने आईतकुमारी गुरुङले उक्त चोरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले करिब १० तोला बराबरको सुन चोरी बैशाख ३ गते विहानदेखि बेपत्ता भएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले लमजुङको बेसीशहर नगरपालिका– ८ स्थित फलेनी रेष्टुरेन्टमा कोठा भाडा लिई बसी रहेको अवस्थामा चोरी भएको सम्पुर्ण सुन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले बताउनु भयो ।

उहाँका अनुसार निज प्रिया भन्ने आईतकुमारी गुरुङविरुद्ध चोरी मुद्दा चलाउनका लागि जिल्ला अदालत लमजुङबाट आइतबार म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्