छुट्टाछुटै दुर्घटनामा पाँच जनाको मृत्यू २ घाइते



कविराज नेपाल , पाल्पा ।
आइतवार पाल्पामा भएका दुइ छुट्टाछुटै दुर्घटनामा पाँच जनाको मृत्यू हुनाको साथै दुइ जना घाइते भएका छन । मृत्यु हुनेमा एकै परिवारका तिनजना छन ।
आइतवार दिउसो करीब सवा ४ बजे नवलपरासीको सुनवलबाट पाल्पाको चुनढुङ्गा खानी मरेकतर्फ चुनढुङ्गा लिनका लागि आइरहेको लु १ ख ९०३१ नम्वरको टिप्पर तिनाउ गाउ पालिका ३ भलायबास भन्ने स्थानमा दुर्घटना हुदा चारजनाको मृत्यू भएको हो ।

सिद्धार्थ राजमार्गबाट ठाडो उकालोमा सो दुर्घटना भएको हो । टिप्पर सडकबाट करिव २ सय मीटर भीरमा खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तिनाउ गाउ पालिका ६ का २७ वर्षीय पुरन सारु, उनकी श्रीमती २४ वर्षीया बालकुमारी र ५ वर्षीय छोरा हेमेसको मृत्यू भएको हो ।

दुर्घटनामा टिप्परका सहचालक विमल कनौजे मगरको पनि घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीले जनाएको छ । छोरालाई विद्यालय भर्ना गरी फर्कदा सो दुर्घटना भएको हो । अपठ्यारो भीर भएकाले समयमा नै उपचार गर्न नसकिएको वताइएको छ । एकै परिवारका तीनजनाको मृत्यू पछि गाउ सोकमा परेको छ ।

त्यस्तै विहान रिव्दीकोट गाउ पालिका ७ पालुङ्गमैनादीबाट तानसेन आउदै गरेको लु १ ज १५८१ नम्वरको जीप सोही गाविसको चाँचरी भन्ने स्थानमा सडकबाट करिव डेढसय मीटर तल खस्दा पालुङ्गमैनादी कै २४ वर्षीय गाडी मालिक दानवहादुर गाहाको घटनास्थलमै ज्यान गएको छ । जीपमा सवार सोही ठाउका ४६ वर्षीय प्रेमवहादुर गाहा र उनका ८ वर्षीय छोरा भुवनको अहिले युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जीपमा चारजनामात्र सवार रहेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्