निर्वाचनमा वालवालिका प्रयोग नगर्न प्रतिवद्ध



सन्तोष अधिकारी, गोरखा ।

आसन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि वाहनामा बालबालिकाको प्रयोग नगर्ने गोरखाका राजनीतिक दललगायत सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् ।

निर्वाचन तथा निर्वाचनको प्रचारप्रसारजस्ता कार्यक्रममा ब्यापक बालबालिकाको प्रयोग बढेपछि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन सचेत गराउँदै जिल्ला बाल कल्याण समितिले प्रतिबद्धता पत्र २०७४ मा हस्ताक्षर गराएको हो ।

आइतबार सदरमुकाममा कार्यक्रम गरी समितिले राजनीतिक दलका नेता, स्थानीय प्रशासन, बालबालिकाको हितका क्षेत्रमा काम गर्दै आएका सरकारी, गैरसरकारी संघसंस्थाको उपस्थितिमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको हो ।

प्रतिक्रिया दिनुहोस्