आगलागीबाट क्षति



नेपाल समाचारपत्र, काठमाडौँ । संखुवासभा मकालु–२ बस्ने पुष्प बहादुर राईको घरमा आइतबार आगलागी हुदाँ करीव ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

त्यस्तै काठमाडौँ दक्षिणकाली नगरपालिका–९ हुदु बस्ने च्याङ्गबा तामाङ्गको जस्ताको टहरामा आइतबार ग्याँस लिक भई सिलिण्डर पड्केर आगलागी हुँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

उक्त आगो निभाउने क्रममा ललितपुर घर भएका २६ बर्षीय साङ्गे वाङ्गेपल वाईवा घाइते भई उपचारको लागि मनमोहन अस्पताल फर्पिङ्गमा लगिएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्