व्यवस्थापिका –संसद्को बैठक स्थगित



काठमाडौ (नेस) ।
आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ ।

संसदमा गणपुरक संख्या नभएपछि कुनै पनि प्रस्ताव पारित गर्न मिल्दैन।

सभामुखले त्यसलगत्तै तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा उपस्थित हुनुपर्ने संख्या १ सय ४९ भए पनि ९० जना मात्रै उपस्थित भएपछि बैठक आजका लागि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्