प्रधानमन्त्री–एमाले अध्यक्ष भेटःदुई चरणको निर्वाचनमा एमाले सकारात्मक



काठमाडौ (नेस) ।
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक अचानक रोक्दै भक्तपुरको बालकोटस्थित ओलीको निवासमा पुग्नु भएका प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले दुई चरणमा चुनाव गर्ने सरकारको तयारीप्रति सकारात्मक धारणा व्यक्त गर्नुभएको छ ।

साथै भेटवार्तामा कुनै खास कुरा नभई एउटा समर्थन मात्र बटुल्नको लागि मात्र भेट भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सत्ता पक्ष र मधेसवादी दलहरुबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने र परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा लैजाने शनिवार राति मौखिक सहमति भएको थियो।
ओलीले आफूहरु पनि मधेसवादी दलहरुलाई चुनावमा ल्याउनु पर्छ भन्ने पक्षमै रहेकाले चुनाव दुई चरणमा गर्ने विषयमा आफूहरु तयार नै रहेको उहाँले बताउनुभयो।

ओलीले संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने अवस्था नरहे पनि एमालेको विरोधका बाबजुद पनि प्रक्रिया अघि बढ्न सक्ने सकारात्मक अभिव्यक्ति दिनुभएको हाम्रा समाचारपत्र सवांददाता पुस्कर बुढाथोकीले जानकारी दिनुभयो ।

यसैगरी ओलीले ‘यदि देशलाई हित र फाईदा हुने कुरा छ भने यसमा यमालेको पुर्ण समर्थन रहने छ’ भन्दै भेटवार्ता टुुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्